Logo

प्रअ नियुक्तिमा रत्नराज्यको संचालक समितिले उडाँयो नियमको खिल्ली, वरिष्ठलाई छोडेर कनिष्ठलाई प्रअको जिम्मा



वैशाख ११, काठमाण्डौ । काठमाण्डौको वानेश्वरमा रहेको रत्नराज्य माविको संचालक समितिले शिक्षा नियमावलीविपरित निमित्त प्रध्यानध्यापक नियुक्त गरेको खुलासा भएको छ ।

विद्यालयमा कार्यरत मावि प्रथम श्रेणीका शिक्षक कृपाश्वर खड्कालाई वाइपास गर्दै समितिले विद्यालयमा कार्यरतमध्ये चौँथो वरियातामा रहेका जीवनप्रकाश रेग्मीलाई निमित्त प्रधानध्यापक बनाएको पाइएको हो ।

असन्तुष्ट पक्षले आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै संचालक समितिको मनपरीतन्त्रको पर्दाफास गरेको हो ।

प्रधानध्यापक गिता खरेल उमेरहदका कारण सेवा निवृत्त भएपछि समितिले नियमावलीविपरित निमित्त प्रअ नियुक्त गरेको हो ।

पत्रकार सम्मेलनमा निमित्त प्रअका दाबेदार कृपाश्वर खड्काले नियमअनुसार काठमाण्डौ महानगरपालिकाले आफुलाई निमित्त प्रअको चिठी दिइसकेको र सोही चिठीअनुसार महानगरको १० नम्बर वडालेसमेत कार्यान्वयन गराउन खोज्दा जीवनप्रकाश रेग्मीले पक्षधर समितिले मनलाग्दी गरेको आरोप लगाए ।

महानगर र वडाले शिक्षा नियमअनुसार नै खड्कालाई निमित्त प्रअ बनाएको १० नम्बरका वडाध्यक्ष रामकुमार केसीले जानकारी दिएका छन् । यता महानगरकी शिक्षा अधिकारी निर्मला केसीले खड्कालाई निमित्त प्रअ बन्नका लागि आवश्यक सबै मापदण्ड र नियम पुगेको पाइएको भन्दै १० नम्बर वडालाई पत्र पठाएकी थिइन् ।

स्थानीय निकायले गरेको नियमअनुसारको कामसमेत समितिले लागु हुन नदिएकोमा १० नम्बर वडाका अध्यक्ष केसीले आक्रोषसमेत पोखेका छन् । बलमिच्याई गरेर समितिले अर्को व्यक्तिलाई निमित्त प्रअ बनाउनु दुखद भएको उनले बताए ।

अहिले महानगर र वडाले नियमअनुसार खड्कालाई निमित्त प्रअको जिम्मेवारी दिए पनि संचालक समितिको दादागिरीमा कार्यान्वयन हुन सकेको छैन ।

वडाध्यक्ष केसीले महानगरको शिक्षा ऐन केही फरक भएकाले अब कानुनविद्सँग थप छलफल गरेर अगाडि बढ्नुपर्ने बताए । वडाध्यक्ष केसीले समितिले किर्ते हस्ताक्षर प्रयोग गरेर चौथो वरियताका शिक्षक जीवनप्रकाश रेग्मीलाई निमित्त प्रअ बनाएको पनि खुलासा गरे ।

समितिको बैठकमा २ वटा निर्णयका लागि प्रस्ताव तयार पारेर हस्ताक्षर गर्न लगाएको तर पछि ५ वटा निर्णय गरिएको केसीले बताए । रेग्मीलाई निमित्त प्रअ बनाउने निर्णयमा आफूले हस्ताक्षर नगरेको केसीले दावी गरे ।

शिक्षा नियमावलीको परिच्छेद १७ को नियम ९३ उपनियम १२ मा प्रधानध्यापकको पद खाली भएमा वरिष्ठतम् स्थायी शिक्षकलाई तत्कालका लागि निमित्त प्रअ नियुक्त गर्ने व्यवस्था छ ।

यसैबीच पाँच खाल नगरपालिकाका मेयर महेश खरेलले आफू विरुद्ध अफवाह फैल्याइएको भन्दै आपत्ती जनाएका छन् । आफू पनि वानेश्वरको स्थानीय बासिन्दा भएको नाताले पदस्थापनमा गएको तर कसैमाथि आफूले अभद्र व्यवहार नगरेको उनले स्पष्ट पारेका छन् ।

यसअघि खरेलको नेतृत्वमा विद्यालय पुगेको एक समुहले प्रअ नियुक्ति विवाद झन उग्र बनाएको आरोप पनि लगाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्