Logo

खनालद्धारा सम्मानित धमलाले भने– भ्रष्टाचार रोक्न नसके लोकतन्त्र संकटमा



वैशाख ११, काठमाण्डौ । पुर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले लोकतन्त्र एउटा महत्वपूर्ण पद्धति र प्रकृया भएको बताउनुभएको छ । लोकतन्त्र दिवसको अवसर पारेर फोकस नेपालद्वारा आयोजना गरिएको एक कार्यक्रममा उहाले लोकतान्त्रिक शासन ब्यवस्था ल्याउनको लागि धेरै राजनीतिक क्रान्ति तथा जनआन्दोलन गर्नुपरेको स्मरण गर्नुभयो ।

नेता खनालले जनताको बलबाट प्राप्त लोकतन्त्रलाई जोगाउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्दै जनताको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारिताको क्षेत्रबाट महत्वपूर्ण योगदान दिएको भन्दै प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलालाई लोकतन्त्र सम्मान गरिएको थियो । सम्मानित धमलाले मुलुकको सबैभन्दा ठुलो रोग भ्रस्टाचार भएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

भ्रष्टाचार नरोकेसम्म विकास र समृद्धिको यात्रा पूरा नहुने धमलाको तर्क थियो । अध्यक्ष धमलाले लोकतन्त्र स्थापनापछी जनताकोे जीवनशैलीमा कुनै परिवर्तन नभएको तर नेताहरु भने धनी बन्दै गएको भन्दै कटाक्ष गर्नुभयो ।

लोकतन्त्रको १३ वर्ष पूरा हुँदा राजनीतिक परिवर्तन धेरै भए पनि त्यसलाई जोगाउन मुस्किल भएको धमलाको भनाई थियो ।

“लोकतन्त्रपछि भ्रष्टाचार मौलाउने र सुशासन कामय हुन नसक्दा जनता आक्रोषित छन् । अहिलेको सबैभन्दा ठूलो चुनौति भनेकै भ्रष्टाचार हो । अब भ्रष्टलाई कारबाही गर्न नसक्ने हो भने जनआन्दोलनको उपलब्धि रक्षा गर्न नै मुस्किल हुन्छ ।”

कार्यक्रममा उपस्थित पूर्व प्रधानमन्त्री खनाललाई लक्षित गर्दै धमलाले कम्युनिष्ट सरकारले पनि भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न सकेन भने जनताको धैर्यताको बाँध टुट्ने चेतावनी दिए ।

काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकास्थित मदर्स क्यास्टल्स्का प्रिन्सिपल भावना सुवेदीलवगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्