Logo

ओली-प्रचण्ड दुवै भ्रष्टाचारी हुन् : बाबुराम भट्टराई



काठमाडौं, १२ बैशाख । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले ओली–प्रचण्ड दुवै भ्रष्टाचारी भएको आरोप लगाएका छन् ।  आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा संयोजक डा. भट्टराईले यस्तो गम्भिर आरोप लगाएका हुन् । उनले भने,‘ओली र प्रचण्ड दुवै भ्रष्टाचारमा लिप्त छन् । उनीहरुबाट देशको विकास सम्भव छैन् ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका संयोजक भट्टराईले आगामी निर्वाचमा नेकपा, कांग्रेस, राप्रपालगायतका शक्तिहरु सबै बढारिने पनि ठोकुवा गरे । उनले भने,‘जनताले देश बनाउने शक्ति खोजेका छन् । अबको निर्वाचनमा अहिलेका सबै शक्तिहरु बढारिन्छन्।’ आगामी निर्वाचनमा जनताले आफ्नो पार्टीलाई बहुमत दिनेपनि उनको दाबी छ ।

यद्धपी उनले अहिलेका नेताहरुलाई जनताले नरुचाउनेसमेत संकेत गरे । उनले थपे,‘जनताले अहिलेको नेतृत्व परीवर्तन खोजेको छ।’ मुलुकको विकास र समृद्धिको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति शासन व्यवस्था हुनुपर्ने उनको भनाई छ ।

त्यस्तै, उनले आफूले कांग्रेस, कम्युनिष्ट र राप्रपाबाहेक सबै शक्तिलाई एक बनाएर लैजाने उद्धघोष गरे । उनले भने,‘अब म फोरम र राजपालाई एक बनाएर लैजान्छु । राजसंस्था फालेको सिनो हो । अब लाश फर्किएर आउँदैन् । हिन्दूराष्ट्रपनि आउँदैन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot