Logo

देश विकासका लागि पर्यटन क्षेत्रको प्रवर्दन अनिवार्य : धमला



वैशाख १३, काठमाण्डौ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ शुक्रबारबाट काठमाडौमा आन्तरिक पर्यटन मेला सुरु भएको छ ।

गन्तव्य नेपालको आयोजनामा काठमाडौंको भृकुटिमण्डपमा दुई दिन सम्म चल्ने मेलाको नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले उद्घाटन गर्नुभयो । मेलाको उद्घाटन गर्दे पूर्वप्रधानमन्त्री समेत रहनुभएका भट्टराईले आन्तरिक पर्यटन प्रवद्धनका लागी मुलुकको सवै स्थानमा प्रचारप्रसारको खाचो रहेको बताउनुभयो ।

आमस्तरणमा मनोरञ्जन भन्दा सांस्कृतिक , धार्मिक स्थानहरुको बिकास गरेर आन्तरिक पर्यटनलाई बढावा दिनुपर्ने उहाले बताउनुभयो । उहाले पर्यटन क्षेत्रको विकासका लागि लगानी नीजि क्षेत्र ग्म्भीर भएर लाग्नुपर्ने भन्दै सरकारले नीति क्षेत्रसंग सहकार्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले नेपालको विकास र समृद्धिका लागि पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकास गर्ने हो भने नेपालको विकासका लागि कोशेढुंगा सावित हुने धमलाको भनाई थियो । रोजगारी सृजनाका लागि पनि पर्यटन क्षेत्र उपयोगि हुने भन्दै धमलाले त्यसका लागि आवश्यक जग बसाल्नुपर्ने सुझाब दिए ।

मेलामा ७७ ओटै जिल्लाका पर्यटकीय गन्तव्यबारे जानकारी प्रदान गरिने स्टल राखिएको छ । मेलामा विशेष सांस्कृतिक कार्यक्रमका साथै मुलुकका सबै जिल्लाका पर्यटकीय गन्तव्य तथा व्यापारिक गरी १०० भन्दा बढी स्टल रहेको छ भने सातओटै प्रदेशका मुख्य परिकार पनि प्रदर्शन गरिएको छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यका साथ आयोजना गरिएको मेलाको दुई लाख बढीले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot