Logo

सुखि नेपाली र समृद्ध नेपाल साकारमा फोटोपत्रकारको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री पोखरेल



काठमाडौं, १३ बैशाख । नेपाल राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे नेपाल) ले आज नेपाल लाइफ फोटो पत्रकारीता अवार्ड २०७५ सम्पन्न गरेको छ ।

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सुखि नेपाली र समृद्ध नेपाल सरकारको नारालाई साकार पार्नको लागि जिवन्त फोटोहरुले भुमिका खेल्न सक्ने र यसतर्फ फोटोपत्रकारीताले ठुलो योगदान गर्दै आएको स्पष्ट पारे ।  उनले मुलुकको समृद्धिको लागि फोटोपत्रकारहरुले अझै योगदान पुर्याउनुपर्ने आवश्यकत्ता औंल्याए ।

“नेपाल लाइफ राष्टिय फोटो पत्रकारिता अवार्ड २०७५” को उत्कृष्ट १४ अवार्ड, एक जनालाई लाइफ टाइम अचिभमेन्ट र एक जनालाई विषेश सम्मान गरिएको छ ।

लाइफ टाईम फोटोपत्रकारीता अवार्ड वरिष्ट फोटोपत्रकार मिनरत्न बज्राचार्यलाई पचास हजार नगद र सम्मान पत्रले सम्मान गरिएको थियो भने विषेश सम्मान सशस्त्र प्रहरीका पूर्व नायव उपरिक्षक माधवबहादुर थापालाई दिइएको छ ।

यस्तै पुरस्कृत हुनेमा इसेवा १ नम्वर प्रदेश फोटोपत्रकारिता अवार्ड माइलाइफ डटकम झापाका शरद जोशी, प्रदेश नं. २ फोटोपत्रकारिता अवार्ड अन्नपूर्ण पोष्टका दिवाकर भण्डारी, प्रदेश नं. ३ फोटोपत्रकारिता अन्नपूर्ण पोष्टकै मनिष दवाडी, एनआइसि एसिया गण्डकी प्रदेश फोटोपत्रकारिता अवार्ड आर्दश समाज डेलीका दुर्गा प्रसाद पौडेल, अर्घखाँची सिमेन्ट प्रदेश नं.५ फोटोपत्रकारिता अवार्ड बुटवल टुडेका खगप्रसाद चापाँगाई, कर्णाली प्रदेश फोटोपत्रकारिता अवार्ड, रारास जाजरकोट हेमन्त केसी, सुदुरपश्चिम प्रदेश फोटोपत्रकारिता अवार्ड, शेरवहादुर सिँह रारास कन्चनपूर, पन्चकन्या ग्रुप विजनेश फोटोपत्रकारिता अवाड सुरेन्द्र कुमार पुन, कान्तिपुर दैनिकका, ग्लोबल आइएमई बैंक महिला फोटोपत्रकारिता अवार्ड गोरखापत्रकी कविता थापा, रुस्लान म्यूजीक मनोरन्जन फोटोपत्रकारिता अवार्ड, अनलाईन एजेन्सीका राजन काफ्ले, थाहा अध्ययन प्रतिष्ठान पोलिटिकल फोटोपत्रकारीता अवार्ड पहिलो पोष्ट डटकमका प्रविन रानाभाट, नेपाल टेलिकम डेली लाइफ फोटोपत्रकारीता अवार्ड थाहा खवर डटकमका दिपक केसी, नेपाल एयर लाइन्स कल्चर एण्ड टुरिजम फोटोपत्रकारीता अवार्ड, सुनिल शर्मा सिन्ह्वा युज एजेन्सी र गोल्डस्टार सुज खेलकुद÷स्पोर्टस फोटोपत्रकारिता अवार्ड राजधानी दैनीकका सुशिलकुमार श्रष्ेठ लागाएत १४ जनाले २५/२५ हजार नगद राशी सहित ट्रफि र सम्मान पत्र पाएका थिए ।

प्रत्येक विधाबाट उत्कृष्ट पाँच जनालाई मनोनयन गरिएको थियो । देश भरीका फोटो पत्रकारहरुलाई प्रतिस्पर्धामा भाग लिनका लागि आव्हान गरिएको थियो । आवेदन दिएका देश भरिका फोटो पत्रकारहरु मध्यबाट उत्कृष्ट फोटो र उनीहरुले फोटो पत्रकारीता क्षेत्रमा पु¥याएको योगदानको अधारमा मनोनयमा छनौट गरी पुरस्कृत गरिएको थियो ।

यसै गरि उक्त कार्यक्रममा हरिगोपाल प्रधानको नाममा स्थापना गरिएको फोटोपत्रकारीता सम्मान खेलकुद फोटोपत्रकारीतावाट श्याम चित्रकार, मानेरन्जन फोटोपत्रकारीता वाट महेश प्रधान, साहशिक फोटोपत्रकारीतावाट देवकी विष्ट, संकृती र सम्पदा नातिकाजी डङगोल र पर्य—पर्यटन जर्नादन आर्याललाई सम्मानपत्र वितराण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्