Logo

इङलिश प्रिमियर लिग : हडर्सफिल्डलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा



काठमाडौं, १४ बैशाख । इङलिश प्रिमियर लिगमा लिभरपुलले हडर्सफिल्डलाई पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले हडर्सफिल्डलाई ५-० गोल अन्तरले परजित गर्दै लिभरपुल शिर्ष स्थानमा पुगेको हो । लिभरपुलको जितमा साडियो माने, मोहमद सलाहले २-२ गोल गरे भने नाबी केइटाले एक गोल गरेका थिए ।

लिभरपुलका मोहमद सलाहले यस सिजनको लिगमा अहिलेसम्म २१ गोल गर्दै गोल्डेन बुटको दौडमा शिर्ष स्थानमा रहेका छन् । सलाहले ७ गोल असिस्ट समेत गरेका छन् । त्यस्तै गोल्डेन बुटको दौडमा दोस्रो स्थानमा लिभरपुलकै साडियो माने रहेका छन् । उनले २० गोल गरेका छन् भने एक गोल असिस्ट गरेका छन् ।

यस सिजन को प्रिमियर लिग अन्त्यतिर आउदा समेत यो सिजन कसले जित्छ भन्ने अझै अनुमान गर्न मुश्किल देखिएको छ । लिभरपुल र म्यानचेस्टर सिटीबीच उपाधि जित्न कडा प्रतिष्पर्धा रहेको छ । अब लिगमा सिटीले ३ खेल खेल्न बाँकी छ भने लिभरपुलले २ खेल खेल्न बाँकी रहेको छ । दुवै टिमले आफ्ना खेल जितेमा लिगको उपाधि सिटीले जित्ने छ ।

अहिलेसम्म लिभरपुलले ३६ खेल खेल्दै ९१ अंक हासिल गरेको छ भने सिटीले एक खेल कम ३५ खेल खेल्दै ८९ अंक हासिल गरेको छ । अब लिभरपूलले अर्को खेल च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा बार्सिलोनाको सामना गर्दै छ । बार्सिलोनाको घरेलु मैदानमा हुने सो खेल मे २ मा हुने छ । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्