Logo

पत्रकार पक्राउ गरेको भन्दै सरकारविरुद्ध खनिए देउवा



काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भईरहेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन् ।

देउवाले पत्रकाहरुलाई अदालत परिसर भित्रै गएर पक्राउ गर्ने काम सरकारले गरेको भन्दै आपत्ति समेत जनाए । आईतबार नेपाल पत्रकार महासंघको नेतृत्वले आफ्नै निवास बुढानीलकण्ठमा पुगेर बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो आपत्ति जनाएका हुन् । अदालत परिसर भित्र गएर पत्रकारहरुलाई पक्राउ गर्नै नमिल्ने उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्