Logo

संसद अधिवेशन आजदेखि, सत्तापक्ष र प्रतिपक्षबीच भिडन्तको संकेत



फाइल तस्विर

वैशाख १६ , काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्री बजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन नदिने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्री बजेट छलफल नगरी सरकारले जनप्रतिनिधि र संसद्लाई बाइपास गर्न खोजेको आरोप लगाउदै प्री बजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन नदिने निर्णय गरेको हो ।

बैठकपछि काग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्री बजेट छलफल नगरेर सरकार संसदीय मूल्य मान्यताको विरोधमा जान लागेको बताएका हुन् ।

प्री बजेट छलफल गरेर नीति तथा कार्यक्रम ल्याएपछि मात्रै बजेट आउनुपर्ने अडानमा कांग्रेस रहेको छ । काग्र्रेसले ओली सरकार निरंशुक बन्दै गएको आरोपसमेत लगाएको कांग्रेसले अब संसदमा विरोध गर्ने संकेत दिएको छ ।

यता सत्तारुढ दल नेकपा पनि आफ्नै रणनीतिमा छ । प्रतिपक्षको व्यवहार हेरेर सोहीअनुसार कडा रुपमा प्रस्तुत हुने सरकारको रणनीति छ ।

आजदेखिदेखि सुरु हुने संसदको वर्षे अधिवेशनका पूर्वसन्ध्यामा सत्तापक्ष र प्रतिपक्षबीचको रणनीति हेर्दा संसदमा विवाद हुने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्