धुलिखेल, १६ बैशाख । साझा सवालका लागि साझा मञ्च (कोकन) ले महर्शी अर्भन्द फाउण्डेसन र इथिनिक साइन्स फाउण्डेसन भारतसंगको सहकार्यमा वैशाख १४ देखि १८ गतेसम्म चल्ने विश्वव्यापी सद्भावका लागि शान्तिदुतहरूको अन्तर्राष्ट्रीय सम्मेलन सुरु भएको छ ।
उक्त सम्मेलन धुलिखेल नगरपालिकाका उपप्रमुख श्री विमला शर्माले उद्धाटन गरी सुभाराम्भ भएको आयोजकले जनाएको छ । सम्मेलनको उद्धघाटन गर्दै उपप्रमुख शर्माले आजको यो भौतिक तथा प्रतिस्पर्धाको युगमा शान्ति आवश्यक रहेको र त्यसका लागि समानता एकता र समृद्धिका क्षेत्रमा कार्य गर्न जरुरी रहेको धारणा राखेकी हुन् ।
समानता, एकता र समृद्धीका विषयमा केन्द्रित रहने उक्त सम्मेलनको प्रथम दिन नेपाल, भारत, श्रीलंका, अमेरीका, बेलायत र जानपानका प्रतिनिधीहरुबीच समानता विषयमा केन्द्रित रहेको थियो ।
तीन चरणमा सम्पन्न उक्त छलफलहरु मार्फत शान्तिदुतहरुबीच समवुझाइको विकास गरिएको थियो । विश्वशान्तिका लागि आन्तरिक शान्ति अपरिहार्य रहेका सन्दर्भमा आन्तरिक शान्ति पद्दतीको विकासका लागि आध्यात्मिकताको महत्वमाथि प्रकाश पारिएको थियो ।
सम्मेलनलाइ संबोधन गर्दै महर्शी अर्भन्द फाउण्डेसनका संस्थापना महर्सी श्री गजराज अर्विन्दले मनावताको संरक्षणका लागि शान्ति अपरिहार्य रहेको र शान्तिका लागि वयक्तिक शान्ति आवश्यक रहेको कुरा बताएका छन् ।
उक्त कार्यक्रमलाइ संवोधन गर्दै अवन्तिकाले समानताका लागि आफैवाट आजैवाट समानताको व्यवहार सुरु गर्नु पर्ने कुरा व्यक्त गरिन् ।
सम्मेलनमा छलफलका लागि आधार पत्र प्रस्तुत गर्दै इथिनिक साइन्स फाउण्डेसनका निर्देशक अनुराग छाव्राले विश्व शान्ति स्थापनाका लागि प्रकृतीमैत्री शिक्षा, स्वास्थ र कृषिमा जोड दिनुपर्ने कुरा बताए ।
विषयगत छलफल तथा विमर्शका अतिरिक्त सम्मेलनको पहिलो दिन योग, ध्यानसमेत सम्पन्न भएको र सम्मेलन आगामी बैशाख १८ सम्म एकता र समृद्धिलगायतका विषयहरुमा छलफल तथा विमर्श संचालन गरिने कुरा सम्मेलनका संयोजक तथा साझा सवालका लागि साझा मञ्च (कोकन) का सल्लाहकार केशव घिमिरेले जानकारी दिए ।