Logo

नेकपा सचिवालय बैठक सम्पन्न : नीति तथा कार्यक्रम र बजेटबारे छलफल



काठमाडौं, १६ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो चुनावी घोषणापत्रलाई मध्यनजर गरेर नीति तथा कार्यक्रम बनाउन सरकारलाई सुझाव दिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे शीर्ष नेताहरुसँग सुझाव मागेका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले पार्टीको घोषणापत्रअनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । बैठकमा बोल्ने अरु नेताहरुले भूमिसुधार कार्यक्रमलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए । नेताहरुले सुशासन कायम हुन नसकेको भन्दै सरकारले गरेका काम र उपलब्धिको रक्षा र विस्तार गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएका जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot