Logo

गृहको परिपत्र जलाउँदा बानेश्वरमा झडप (फोटोफिचर)



काठमाडौं, १६ बैशाख । राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा मालेलगायतले नयाँ बानेश्वरमा गत चैत १९ गते जन्मसिद्ध नागिरकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनु भनी गृहमन्त्रालयबाट जारी परिपत्र जलाएका छन्। परिपत्र जलाएर निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारीसँग झडपसमेत भयो।

विभिन्न राजनैतिक पार्टी र संघसंस्थाको संयुक्त आयोजनमा सोमबार दिउँसो २ बजे माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शनमा उनीहरुले नागरिकता विधेयक राष्ट्रघाती भएको भन्दै विरोधसमेत गरे।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्