Logo

भृकुटीमण्डपमा श्रमिकको जुलुस (फोटोफिचर)



काठमाडौं,१८ बैशाख । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी १३० औं मजदुर दिवस मनाइँदै छ। राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रम गर्दैछन्। ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो। नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो। यसवर्ष देशभर क्रियाशील ट्रेड युनियनको छाता सङ्गठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ९जेटियुसिसी० को अगुवाइमा सबै मजदुरले एकै थलोमा दिवस मनाउने भएका छन् । श्रमिक दिवसका दिन उपत्यकाका विभिन्न स्थानबाट श्रमिकको जुलुस निस्केर जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत भईरहेका छन ।

फोटोः मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्