Logo

ओलीविरुद्ध फेरि खनिए महत



काठमाडौं, १८ बैशाख । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र नागरिक मौलिक हकमाथि आक्रमण गरेकाले कांग्रेसले त्यसको विरुद्ध सशक्त प्रतिवाद गर्ने बताएका छन्। सडक र सदनबाट सरकारको गलत कार्यको विरोध गरिने उनले जनाए।

मंगलबार केही सञ्चारकर्मीसँग छलफल गर्दै डा. महतले सरकारले लोकतन्त्रका आधार स्तम्भ माथि धावा बोलेकोमा कांग्रेसले शसक्त विरोध गर्नु पर्ने अवस्था आएको बताए । जनताको अधिकार प्रति कांग्रेस सम्बेदनशिल रहेको बताउँदै डा.महतले भने, ‘कांग्रेसले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र नागरिकको मौलिक हक प्रति कसैसंग सम्झौता गर्दैन।’

सरकार भ्रष्टाचारमा चुर्मुम्म डुबेको बताउँदै सह–महामन्त्री महतले आफ्नो संलग्नतामा भएका अनियमितिता ढाक्न कांग्रेसमाथि आरोप लगाइने गरेको  बताए। उनले ललिता निवास जग्गा प्रकरणमा पार्टी सभापतिलाई मुछ्न खोजिएकोप्रति कडा आपत्ति जनाए गरे।

उनले संलग्नता प्रमाणित गर्न चुनौती समेत दिए।  लोकतन्त्रको रक्षाका लागि  आगामी दिन थप चुनौती पूर्ण रहेको बताउँदै उनले प्रेसले लोकतन्त्रको पक्षमा कलम चलाउनु पर्नेमा जोड दिए।



प्रतिक्रिया दिनुहोस्