Logo

कांग्रेस पदाधिकारी बैठक सम्पन्न, सरकार जनचाहनाविपरित अघि बढेको निश्कर्ष



काठमाडौं, १९ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । आजको बैठकले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको कोषाध्यक्ष सीतादेवी यादवले जानकारी दिईन् ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकले सरकार पछिल्लो समय एकपछि अर्को काण्डमा मुछिएको भन्दै सरकार असफल भएको निष्कर्ष निकालेको यादको भनाई छ ।

त्यसैगरी बैठकले नेपाली कांग्रेसको जागरण अभियानलाई देशव्यापीरुपमा प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायतका नेता सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्