Logo

बर्ड-फ्लूका कारण काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु



काठमाडाैँ, १९ बैशाख । बर्ड फ्लूका कारण काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको छ । मृतकको नाम भने खुलाइएको छैन । बिहीबार स्वास्थ्य सचिव डा पुष्पा चौधरीले ती व्यक्तिको एच फाइभ एन वान ( बर्ड फ्लू) का कारण मृत्यु भएको पुष्टि गर्दै ‘अप्रत्यासित घटना भएको’ बताइन्।

ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए। उनको र्‍यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइएको थियो ।

तर, स्वासप्रस्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्‍यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएको थिएन । नमुनालाई थप परीक्षणका लागि जापान पठाइएको थियो। नमुनाको नतिजा बैसाख १७ गते मंगलबार नेपाल आएको थियो।



प्रतिक्रिया दिनुहोस्