Logo

नेकपा र नेपाली कांग्रेसलाई बाबुरामको काउन्टर, उपेन्द्र-महन्थलाई एक बनाएर शक्ति आर्जन !



काठमाडौं, १९ बैशाख । नयाँ शक्ति, पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई साईजमा ल्याउने घोषणा गरेको केही दिन यता नै यसको प्रभाव देखिएको छ । बाबुरामले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको एकता प्रक्रिया लगभग टुँग्गिएको बताएका छन् ।

यही बैशाख २३ गते नयाँ शक्ति, नेपाल र फोरम नेपालबीच एकता हुने भएको छ। तर, यो बीचमा राजपा नेपालसँग पनि एकताको लागि छलफल जारी राख्ने बाबुरामको तयारी छ । आजपनि तीन पक्षबीच नयाँ शक्ति, पार्टीको कार्यालयमा एकता प्रक्रियाबारे गम्भिर छलफल तथा बहस भएको स्रोतको दाबी छ ।

आज विहान बाबुराम र उपेन्द्रबीच भएको छलफलबाट दुवैजना अध्यक्षले एकीकृत पार्टीको आधिकारिक दस्तावेज तयार गरेको बताइएको छ । यस्तै दोस्रो चरणको छलफलबाट दस्ताबेजलाई अन्तिम रुप दिएका थिए । ती दस्तावेजलाई शुक्रवार बस्ने नयाँ शक्ति पार्टीको सचिवालय बैठक र शनिवार बस्ने फोरम नेपालको केन्द्रीय समितिको बैठकबाट अनुमोदन गराइने बताइएको छ ।

दुवै दलबाट एकीकृत पार्टीको राजनीतिक दस्तावेज अनुमोदन भएपछि एकता घोषणाको मिति तय हुने बताइएको छ । पार्टीको अध्यक्ष डा.बाबुराम भट्टराई हुनेछन् भने कार्यकारी अध्यक्ष उपेन्द्र यादव हुने सहमति भएको फोरम नेपाल पार्टीका एक नेताले बताए । अशोक राईलाई वरिष्ठ नेता राख्ने सहमति पनि भएको छ ।

बृहत्त समाजवादी शक्ति बनाउने बाबुरामको योजना छ । उनको योजनामा उपेन्द्रले सुरुवातदेखि नै साथ दिँदै आएका छन् । स्रोतका अनुसार यदि राजपा नेपालसँग एकता सम्भव भएन भने राजनीतिक रुपमा भने मोर्चाबन्दी गरेर जाने बाबुराम र उपेन्द्रको रणनीति छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot