Logo

नेपाल आईडलका कृशल र मिनराजको नयाँ गीत सार्वजनिक (भिडियोसहित)



काठमाडौं, १९ बैशाख । चर्चित गायन रियालिटी शो नेपाल आईडल सिजन-२ का चर्चित प्रतिष्पर्धीहरु कृशल कँडेल र मिनराज पौडेल बरिलै बोलको नयाँ गीत लिएर दर्शकमाँझ आएका छन् । नृपेश उप्रेतीको शब्द रचना रहेको उक्त गीतमा चर्चित मोडल करिश्मा ढकालको अभिनय रहेको छ ।

नृपेश उप्रेती अफिसियल च्यानलबाट बिहीबार साँझ उक्त गीत युट्युवमा सार्वजनिक गरिएको हो । गीतको भिडियोमा करिश्माको अलावा गायकद्धय कँडेल र पौडेलको समेत अभिनय रहेको छ । गीतमा संगीतपनि उप्रेतीले नै भरेका छन् । नमराज घिमिरेले छायांकन गरेको उक्त भिडियोको निर्देशन भने प्रविण थापाले गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्