सिड्नी, २० बैशाख । सोलोमोन द्वीपमा शुक्रबार ६।१ म्याग्नीच्यूडको भूकम्प गएको छ । बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
सो भूकम्पका कारण हालसम्म सुनामीको चेतावनीको सूचना भने जारी गरिएको छैन । भूकम्पपछि जनधनको क्षतिको पनि कुनै समाचार प्राप्त भएको छैन । एजेन्सी