काठमाडौं, २० बैशाख। राष्ट्रपति विद्यादेवी भण्डारीको यतिवेला चर्को आलोचना भएको छ । संघीय संसदमा २०७६–७७ को लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा राष्ट्रपति भण्डारीले पटक–पटक मेरो सरकार भनेर सम्बोधन गरेपछि उनको विरोध भएको हो । राजाहरुले जस्तै उनले पनि बारम्बार मेरो सरकार भनेर लोकतान्त्रिक व्यवस्थामा नै आँच आउने किसिमले सम्बोधन गरेको आरोप लागेको छ ।
मुलुक यतिवेला संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ । राष्ट्राध्यक्षले सम्बोधन गर्दा नेपाल सरकार भनर सम्बोधन गर्नुपर्ने हो । तर, उनले पटक पटक मेरो सरकार भनेर लोकतन्त्रको नै अवमूल्यन गरेको एकथरीको टिप्पणी छ ।