Logo

‘मुलुक अब विस्तारै समृद्धितिर अगाडि बढेको छ’



मानबहादुर जिसी, मेयर, पोखरा महानगरपालिका : मुलुक अब विस्तारै समृद्धितिर अगाडि बढेको छ । लामो समयपछि नेपाली जनताले नयाँ संविधान पाएका छन् । हिजोको दिनमा एउटा मात्र सरकार थियो । ७६१ वटा सरकारहरू निर्माण भएका छन् । यसले पनि नेपाललाई समृद्धितिर अगाडि बढाउने खालको स्रोत बनाउन सक्दैन भने अरूले के गर्छ । अहिले नागरिकहरूले चाहिराखेको भनेको शान्तिसुरक्षा हो जसको कारणले ढुक्क भएर बाँच्न पाउनुपर्छ ।

दोस्रो भनेको पूर्वाधारको दीर्घकालीन विकास, रोजगारीको सिर्जना र यसलाई शान्तिपूर्ण ढंगले उपयोग गर्ने वातावरण सिर्जना गर्नु अपरिहार्य हो । हिजो केन्द्रीकृत सरकार थियो अहिले मु्लुक संघीयता आइसकेपछि स्थानीय, प्रदेश र संघ यी तीनै तहमा सरकार गठन भएका छन् । तर, स्थानीय तहमा गाउँपालिका, नगरपालिका र महानगरपालिका गठन भएका छन् । तिनमा संविधानको मर्म र भावनाअनुसार अधिकारहरू पाइराखेका छैनन् त्यसकारण भनेको जस्तो विकास निर्माणका काम हुन सकेका छैनन्् ।

स्थानीय सरकार सञ्चालन ऐनले ६ महिनाभित्र सम्पूर्ण स्थानीय तहलाई हकअधिकार हस्तान्तरण गरिनेछ भनिएको छ । अहिले दुई वर्ष हुन लागिसक्यो त्यो भएको छैन । कार्यालयहरू तथ्यांकको आधारमा हस्तान्तरण भए त्यसको मातहतमा रहेका सम्पत्तिहरू अहिले पनि हस्तान्तरण भएका छैनन् भन्ने देखाउँछ । त्यसले गर्दा जनताले चाहेको जस्तो काम गरेर देखाउन स्थानीय र पालिकाहरूलाई अहिले पनि समस्या छ ।

जसरी प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा ल्याउनुभएको छ, त्यो उहाँको मात्र नभएर आम रूपमा राष्ट्रिय एजेन्डा नै हो । हिजो तल्लो तहमा बस्ने नागरिकलाई केही काम गर्न लागि सिंहदरबारतिर लाग्नुपर्ने थियो भने आज स्थानीय तहमै हुने भएकाले राम्रो छ । अहिले पनि हामीले हाम्रा नागरिकलाई, ‘हाम्रो ठाउँ, राम्रो ठाउँ’ भन्ने गरी सरकार छ भन्ने अनुभूति दिनलाई सबै स्थानीय तहलाई जिम्मेवारी भएका कारणले पनि केन्द्रमा अधिकार भएकाले भनेजस्तो सकिएको छैन । नेपाल सरकारले नीतिगत रूपमै एउटा स्लोगन बोकेर अगाडि बढेको छ । यसलाई सफल बनाउन गाउँपालिका र नगरपालिका र महानगरपालिका जिम्मेवार भएर लाग्ने हो भने सोचेको जस्तो उपलब्धि पाउन सकिन्छ ।

महत्वपूर्ण उपलब्धिअन्तर्गत महानगरपालिकालाई चाहिने भौतिक पूर्वाधारहरू बनाइसकेका छौं । प्रविधिमैत्री सुशासनको व्यवस्था गर्ने भनेका थियौं । ३३ वटामा अनलाइन सर्भिस पु¥याएका छौं । नागरिकले कुनै काम गर्न महानगर आइरहनु नपर्ने वडा कार्यालयहरूबाट सम्पन्न हुन् भनेर अनलाइन सर्भिसहरूलाई व्यवस्थित बनाएका छौं ।

विकास योजनाका कतिपय कामहरू पनि वडास्तरबाटै सम्पन्न गर्न सकिने गरी व्यवस्था मिलाएका छौं । त्यो साधनस्रोसहित अधिकार हामीले वडास्तरमा नै पु¥याएका छौं । कतिपय पूर्वाधारका कामहरू पनि दीर्घकालीन रूपले अगाडि बढाइराखेका छौं । कतिपय प्राकृतिक सम्पदाको संरक्षणदेखि लिएर पोखरालाई पर्यटकको गन्तव्यस्थल बनाउन सुरक्षित र व्यवस्थित बनाउँदै महानगरपालिका अगाडि बढिरहेको छ । रिपोर्टर्स क्लब आवाजविहीनहरूको आवाजलाई मुखरित गर्दै सबै तहतप्का, वर्ग, क्षेत्र, समुदायलाई उत्तिकै स्थान दिँदै आएको आज २१ वर्ष प्रवेशको उपलक्ष्यमा पोखरा महानगरपालिका उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्दछ ।



प्रतिक्रिया दिनुहोस्