Logo

१२६ घण्टा नाँचेकी बन्दना भन्छिन्, अब समाजसेवा, राजनीति र अभिनय (भिडियो)



वैशाख २२, काठमाण्डौ । लगातार १ सय २६ घण्टा नृत्य गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा ना लेखाउन सफल बन्दना नेपालले आफ्नो सफलताले सन्तुष्ट रहेको बताएकी छिन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेपालले राष्ट्रको नाम राख्न सफल भएसँगै समाजसेवामा लाग्ने ईच्छा पनि जागेको बताइन् ।

तर राजनीतिमा जाने चाहना नभएको उनले बताईन् । यद्यपी समाजसेवा पनि राजनीतिकै एक अंग भएकाले सबै कुरा सम्भव रहेको उनको तर्क छ ।

राम्रो कथावस्तुमा अवसर पायो भने चलचित्रमा पनि अभिनय गर्ने नेपालले बताइन् । अन्तरवार्तामा सँगै रहेका बन्दनाका बुबाले पनि छोरीको चाहनाअनुसार आफूले योजना बनाउने बताए । बाबुले अहिले पनि चलचित्रमा काम गर्न अफर आएको खुलासा गरे ।



प्रतिक्रिया दिनुहोस्