काठमाडौं, २३ बैशाख । नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपालबीच आज एकता घोषणा हुँदैछ । एकतापछिको पार्टीको नाम, पदाधिकारी र केन्द्रिय सदस्यहरुको नामसमेत टुँगो लागिसकेको छ । तर, नयाँ शक्तिमा सक्रिय रहेकी नेतृ करिश्मा मानन्धर भने एकता प्रक्रियामा सामेल नभएको खुलासा भएको छ ।
स्रोतका अनुसार नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले फोरमसँगको एकता टुँगो लगाउन डाकेको केन्द्रिय समितिको बैठकमा समेत करिश्मा उपस्थिति नभएको स्रोतको दाबी छ । के साँच्चै करिश्मा बाबुरामसँग रुष्ट भएकी हुन त ? यो भने अझैपनि चासोको विषय छ ।
नयाँ शक्तिमा सुरुवातदेखि नै सक्रिय बनेकी करिश्मा पछिल्लो समय निस्क्रिय बनेकी छन् । एसईइ परीक्षासम्म उनी अध्ययनमै रहनु त स्वभाविक हो । तर, परीक्षापछि पनि उनी पार्टीको आन्तरिक तथा बाहृय गतिविधिमा त्यति सहभागी नभएको उनी निकट पार्टीका नेताहरुले दाबी गरेका छन् ।