Logo

चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिगको लागि छनौट



लण्डन, २३ बैशाख । ईङ्लिस प्रिमियर लिगको शीर्षमा चारमा अटाउने निश्चित भएपछि चेल्सी आगामी सिजनको युरोपियन च्याम्पियन्स लिगका लागि छनौट भएको छ।

आईतबार राति भएको खेलमा वाट्फोर्डलाई ३-० ले पराजित गरेसँगै उसको च्याम्पियन्स लिगको यात्रा तय भएको हो। लिगका शीर्ष चार टोलीले च्याम्पियन्स लिगका लागि छनौट हुन्छन्।

सो फराकिलो जितमा चेल्सीले खेलको ४८ औं मिनेटमा पहिलो गोल गरेको थियो। यसैगरी उसले बाँकी दुई गोलहरू खेलको ५१ औं तथा ७५ औं मिनेटमा गरेको थियो। ती तीन गोलहरू क्रमशः लोफ्टुस चीक, डेविड लुइज तथा गोन्जालो हेगुइनले गरेका थिए।

शीर्ष चारमा पर्न चेल्सीका लागि जितसँगै आर्सनल ब्राइटनसँग १–१ को बराबरीमा नतिजाले पनि काम गर्‍यो। एक खेल बाँकी रहेको आर्सनल लिगको पाँचौ स्थानमा रहेको छ।

हिजोको जितसँगै चेल्सी लिगको तेश्रो स्थानमा उक्लिएको छ। चौथो स्थानमा टोटनह्याम रहेको छ। लिगमा चेल्सीले ३७ खेलबाट ७१ अंक जोडेको छ भने चौथो स्थानको टोटनह्यामको ७० अंक रहेको छ। एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्