Logo

बाबुरामसँग एकतालगत्तै उपेन्द्रको चेतावनी, अब भीषण आन्दोलनमा उत्रिने घोषणा (भिडियोसहित)



काठमाडौं, २४ बैशाख । नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई कम्युनिष्ट नभएर असली कमाउनिष्ट भएको आरोप लगाएका छन् । सोमबार राति प्राईम टाइम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

आगामी निर्वाचनमा आफ्नो पार्टी नै पहिलो बन्ने पनि यादवको दाबी छ । अझैपनि संविधान संशोधनको सम्भावना बाँकी नै रहेको उनको विश्वास छ । उनले भने,”अहिल्यै नै हामी उत्ताउलो बनिसकेका छैनौं । प्रधानमन्त्री ओलीले संविधान संशोधन गराउने विश्वास दिलाउनुभएको छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot