Logo

प्रधानमन्त्रीको सम्बोधनलाई लिएर कांग्रेसद्धारा संसदमा अवरोध



काठमाडौं, २४ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिए । प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु’ भन्दै सम्बोधन सुरु गरे । लगत्तै कांग्रेस सांसद मीन विश्वकर्माले नियमापत्ति जनाए ।

प्रधानमन्त्री ओलीले ‘प्रश्नको सीमा र मर्यादा हुन्छ’ भन्ने जवाफ दिएपछि कांग्रेस सांसद र प्रधानमन्त्री ओलीबीच जुहारी चल्यो । रोष्ट्रमबाट प्रधानमन्त्रीले भने, रेकर्ड खोलेर सुनियोस् ।’ जवाफमा कांग्रेस सांसदहरुले चुनौती दिए । प्रधानमन्त्रीले प्रश्नको जवाफ चाहिएको छ कि छैन भन्ने प्रश्न गरे ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्