Logo

अवरोधका बावजुद नीति तथा कार्यक्रम पारित, अर्को बैठक वैशाख २७ गते ११ बजे बस्ने (तस्विरसहित)



काठमाडौं, २४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुदपनि नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको नीति तथा कार्यक्रम मंगलबार प्रतिनिधिसभाको बैठकमा बहुमतले पारित भएको हो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुले नीति तथा कार्यक्रमको विपक्षमा मत दिए । नीति तथा कार्यक्रम पारित भएपछि संसद बैठक ३ दिनका लागि स्थगित गरिएको छ । अब संसद बैठक वैशाख २७ गते ११ बजे बस्नेछ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्