Logo

किरणबाबु पुनको ‘समय’मा प्रेम र सम्झनाको हृदयविदारक अभिनय (भिडियोसहित)



२५ बैशाख, काठमाण्डौ । बजारमा विभिन्न गित संगीत सार्वजनिक हुनेक्रममा यतिबेला भिन्नै क्षमता र शैली भएका अत्यधिक लोकप्रीय गायक सर्जक अनि संगीतकार किरण बाबू पुनको भावविह्वल लोकदोहोरी गित ” “समय” सार्वजनिक भएको छ । कुनैबेला बजारमा एकछत्र राज गर्न सफल किरण बाबू पुनको यो गित निकै उत्कृष्ठ छ ।

गितभित्रका हरेक पक्षमा नयाँपन प्रवेश गराइएको यो गितको भिडियो निकै रुचाइने विश्वास गरिएको छ ।

भारतीय चर्चित गायिका सञ्जिवनी र पुनको स्वरमा सजिएको गित समयमा प्रतिभावान मोडल प्रेम थापाले अभिनय गरेका छन् । थापालाई सुशीला थापाले जोडदार साथ दिएकी छिन् ।

गितमा बाध्यताले टाढा टाढा हुनुपरेको र चाहेर पनि भेट्न नसकिएको तर अन्तिम प्राण सम्म भेट्ने प्रण गरेको परिवेशलाई छर्लङ्ग उतारिएको छ ।

“कृष्ण फिल्मस म्युजिक प्रालि बाट सार्वजनिक भएको यो गितमा शब्द संगीत किरण बाबू पुनल ेनै गरेका छन् । गितको आवाज रेकर्ड, बाजा रेकर्ड, र बाजा सम्पादन शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा भएको छ ।

तर भारतीय गायिका सञ्जिवनी भारतमा भएको कारण उन्को रेकर्ड भारतमा भएको छ । गितमा एरेन्ज केशव बडुले गरेका छन् भने बाजा सम्पादन कुमार सानू पुनले गरेका छन् ।

गितको म्युजिक खभमष्य को कुरा गर्दा खभमष्य नि निकै हृदयविदारक भएको छ । किरण बाबू पुन र सञ्जिवनीको आवाजमा निर्देशन गर्दै आएका वरिष्ठ निर्देशक बाबू राजा केसी “उज्ज्वल”ले नै उक्त गित समयको निर्देशन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्