Logo

वाइडबडी खरिद अनियमितताबारे छानबिन उपसमितिको प्रतिवेदन समितिमा



काठमाडौं २६ बैशाख । वाइडबडी विमान खरिद प्रक्रियाको छानबिन गर्न संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा गत मंसिरमा गठित उपसमितिले बुधबार प्रतिवेदन बुझाएको छ ।

उपसमिति संयोजक दीपकप्रकाश भट्टबाट प्रतिवेदन बुझ्दै सभापति पवित्रा निरौलाले यसमाथि जेठमा छलफल गरिने बताइन् ।

२३ अर्ब २० करोड रुपैयाँमा नेपाल वायुसेवा निगमले किनेको दुई वटा एयरबस कम्पनीका वाइडबडी खरिद प्रक्रियामा त्रुटि रहेको भन्दै मंसिर ७ गतेको बैठकले कांग्रेस नेता प्रकाशमान सिंहको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । सिंह नबसेपछि एमाले सांसद भट्टलाई संयोजक तोकिएको थियो । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot