Logo

शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए



काठमाडौं, २६ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सत्ता कब्जा गर्ने बाटोमा हिँडेको सनसनीपूर्ण आरोप लगाएका छन् ।

राष्ट्रिय जागरण अभियानको काभ्रेमा उद्घाटन गर्दै बुधबार कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका क्रियाकलाप हेर्दा सत्ता कब्जा गर्ने र शक्ति केन्द्रीकृत गर्ने बाटोमा अघि बढेको आरोप लगाएका हुन् ।

नेता कोइरालाले भनेका छन्,‘सरकार बने यताका गतिविधि हेर्दा प्रधानमन्त्रीमा शक्ति केन्द्रीकृत गर्ने र सत्ता कब्जा गर्ने खालको देखिन्छ।’ संसदमा प्रतिपक्षीलाई बोल्न नदिएको तथा सभामुख कृष्णबहादुर महराले पनि प्रधानमन्त्रीकै पक्ष लिएको उनले आरोप लगाए। उनले पार्टीको संगठन निर्माणमा जुट्न सबैलाई आग्रह गरेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot