Logo

गिरिजाबाबुको सपना समृद्ध नेपाल : सुजाता



सुजाता कोइराला, नेता नेपाली कांग्रेस : जनताले समृद्धि नेपाल निर्माण गर्न भनेर यो सरकारलाई भोट दिएका हुन् । सरकार देशको हरेक समस्या हल गर्दै स्थिरता ल्याओस् भन्ने जनअपेक्षा पनि हो । तर, अहिले सरकारको काम कारबाही र समस्त गतिविधिप्रति जनता त्यति खुसी छैनन् । सरकारले एक वर्षको समयमा के के काम गर्नुपर्ने थियो, ती काममा केन्द्रित भएको देखिएको छैन । त्यसकारण अहिलेको सरकारको हालसम्मको कामको प्रगति त्यति प्रभावकारी नै छैन ।

अहिलेको मुख्य कुरा के हो भन्दा नेपाल समृद्ध हुनुप¥यो । प्रधानमन्त्रीले चुनावताका बोलेका सबै काम पारदर्शी भएर काम गर्नुपर्छ । जनताको जीवन र देशको भविष्यमाथि खेलवाड गर्न पाइँदैन । हालसम्मको सरकारको काम गराईको अवस्थालाई हेर्ने हो भने त्यति प्रभावकारी नै देखिएको छैन । नेपाली कांग्रेसको मुल आशय भनेको पनि समृद्ध मुलुक हो ।

यदि सरकारले यो विषय बिराएन र सही गतिमा अघि बढ्यो भने त्यसले हामी सबैलाई फाइदा गर्दछ । अर्को कुरा देशको आर्थिक क्षेत्र र व्यापार बढाउनका लागि आधार र सम्भावनाहरू खोजी गर्नुपर्छ । जनताले प्रत्यक्ष रूपमा कुन विषयमा दुःख पाइरहेका छन् त्यो विषय ख्याल गरिनुपर्छ । तलबवृद्धि र करवृद्धि भएको छ । यसले जनताको दैनिकीलाई असर पारेको छ । जनताको आयस्तरमा वृद्धि गर्नेतर्फ सरकारको ध्यान छैन ।

देश समृद्धिको लागि हामीले प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गर्दै अघि बढियो भने हामीले देशलाई समृद्धितर्फ अघि बढाउन सकिन्छ । गिरिजाप्रसाद कोइरालाको पालामा पनि नेपाली कांग्रेसले उठाउँदै आएको मूल मुद्दा भनेको समृद्धि र विकास हो । उहाँले सधैं समृद्ध नेपालको सपना देख्नुभयो । त्यसले यो बाटो छाडेर सरकार बहकिनु हुन्न । छिमेकी देशसँगको सम्बन्धलाई सुमधुर बनाएर विकासका काममा चासो दिन आवश्यक रहेको मैले देखेकी छु ।

समृद्धिका आधारहरू :

= लोकतन्त्रको मूल्य मान्यतामा बसेर काम गर्ने,
= जनताको आयस्तर वृद्धिका कार्यक्रम अघि बढाउने,
= कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउने,
= उत्पादनमूलक क्षेत्रमा राज्यको लगानी गर्ने,
= युवालाई रोजगार दिने,



प्रतिक्रिया दिनुहोस्