Logo

भुवन केसीले लगाए प्रधानमन्त्री ओलीमाथि गम्भिर आरोप, सरकारसँग गरेको अपेक्षा पूरा हुँदैन



भुवन केसी, नायक : हामीले लामो संघर्षपछि देशमा नयाँ स्थायी सरकार पाएका छौं । अब त जनताले विगतका समस्या हल होला र देश सुन्दर र समृद्ध होला भनेर अपेक्षा गरेर बसिरहेका छन् । तर, अहिले यो ठूलो सरकारले जनताका खास समस्यामाथि सम्बोधन गर्न सकिरहेको छैन । देशको समस्यालाई भन्दा पार्टीको समस्यालाई मूल मुद्दा बनाएर अघि बढिरहेको अवस्था छ ।

यसरी अघि बढियो भने हामीले पाँच वर्षको अवधिमा सरकारसँग जुन किसिमको अपेक्षा र आशा गरेका छौं त्यो पाउन सक्दैनौं । त्यसलै सरकारका हरेक काम क्रियाकलापले देशको समस्त क्षेत्रलाई समेटेको हुनुपर्छ । उसका हरेक कदम, काम र बोली जनताको पक्षमा हुनुपर्छ । तर, अहिले हाम्रो देशका कामभन्दा बढी गफ भइरहेको छ । कला क्षेत्रमा पनि सरकारले राम्रो लगानी गर्न सकेको छैन । देशको कला बुझ्न सकिरहेको छैन ।

सरकारका सबैको आशाको केन्द्र हो । सरकारसँग देशभित्र रहेका हरेक पक्षका माग, आवश्यकता र चाहना अडिएका हुन्छन् । ती आवश्यकता सरकारले सहजै पूर्ति गराउन सकेको हुनुपर्छ । पछिल्लो समय सरकारले धेरै लोकप्रिय योजना बनाए पनि ती योजनामाथि पारदर्शी दगले काम गर्न सकिरहेको छैन ।

हामीले विकासका काम गर्ने हो र तनमनका साथ लागिपर्ने हो भने नेपाललाई सम्पन्न र समृद्ध बनाउन धेरै समय लाग्दैन । यो पाँच वर्षमा हामीले अरूलाई चुनौती दिने गरी उदाहरणीय काम गरेर देखाउन सक्छौं । मात्रै सरकार र त्यहाँका आम नागरिक जोसिलो भएर अघि बढेको हुनुपर्छ । त्यसबाहेक यदि जनताका समस्या हल गर्नको लागि सरकारले आफ्नो स्रोत साधन प्रयोग गर्ने हो भने हामीले चाहेको समृद्धि छोटो समयमै प्राप्ति गर्न सकिन्छ ।

यद्यपि हामीले अहिले नै आत्तिनुपर्ने बेला आएको छैन । हामीले काम गर्ने हो र देशलाई बनाउँछु भनेर लागिपर्ने हो भने समय र सम्भावना प्रशस्तै छन् । त्यसकारण सरकारले विश्वास जगाउने गरी परिपक्व ढंगले विकासका काम गर्नुपर्छ भन्ने मलाई लाग्छ ।



प्रतिक्रिया दिनुहोस्