Logo

‘मिस नेपाल वर्ल्ड २०१९’ को ताज अनुष्कालाई



काठमाडौं, २७ बैशाख । ‘मिस नेपाल वर्ल्ड २०१९’ को ताज अनुष्का श्रेष्ठले जितेकी छिन् । प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन्। उनलाई ‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् ।

कार्यक्रमकी मुख्य निर्णायक ईला शर्माले ‘हामीले अधिकारभन्दा कर्तव्यलाई बढी ध्यान दिएर काम गर्‍यौं भने यो संसाररसमाज उत्कृष्ट बनाउन सकिन्थ्यो? तपाईंको के राय छ?भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुष्काले उपाधि हात पार्न सफल भएकी हुन्।

यससँगै उनले यमाहा मिस फेसिनो उपाधि पनि हासिल गर्न सफल भएकी छन्। यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्।मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन् भने ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले हात पारिन्। मिस नेपाल अर्थको उपाधि भने रिया बस्‍नेतले जितिन्।

यस्तै, पपुलर च्वाइसको उपाधि भने रिया बस्नेतले जितिन् । मिस ट्यालेन्टको उपाधि प्रदिप्ता अधिकारीले जितिन भने यमाहा मिस फ्यासिनो पनि अनुष्का श्रेष्ठले नै जितिन् । ब्युटी विथ द पर्पोजको उपाधि नितिका कर्माचार्य, मिस बेस्ट एथलेट्स प्रदिप्ता अधिकारी र मिस कन्फिडेन्ट निशा पाठक भएका छन् । तस्विर सौजन्य : मुभीमाण्डु 



प्रतिक्रिया दिनुहोस्