Logo

वाइडबडी र वालुवाटार जग्गामा भ्रष्टाचार गर्ने सबैलाई कारबाही गर्न खड्काको माग



वैशाख २७, काठमाण्डौ । नेपाली कांग्रेसले दुई दिनअघिदेखि राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । कांग्रेस नेता दिपक खड्काले अभियान प्रभावकारी रुपमा अघि बढिरहेको दावी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले लक्ष्यअनुसार अभियान सफल हुने पनि दावी गरे । केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारलाई प्रश्रय दिँदै स्वेच्छाचारीतर्फ उन्मुख भएकाले अभियान सरकारको गलत कामको भण्डाफोर गर्नमा केन्द्रित हुने खड्काले बताए ।

ठूला भ्रष्टाचारका काण्डमा संलग्न जोसुकैलाई कारबाही गर्न कांग्रेसले बारम्बार माग गर्दा पनि सरकार मौन बसेको खड्काले बताए ।

वाइडबडी र वालुवाटारको जग्गा प्रकरणमा सभापति शेरबहादुर देउवाको नाम जोडिएको स्वीकार गर्दै खड्काले सरकारले सत्य तथ्य छानविन गरेर दोषीलाई कारबाही गर्न चुनौति दिए ।

कांग्रेसकै नेताहरु भ्रष्टाचारमा संलग्न भएको पाइए पनि कारबाही गर्नुपर्ने उनले बताए । तर प्रमाणित गरेर देखाउन पनि उनले चुतौति दिए ।

अहिलेको सरकार भ्रष्टाचारको चंगुलमा फसेर गनाइसकेको खड्काले बताए ।

नेता खड्काले अभियानले पार्टीभित्रका आन्तरिक समस्या पनि समाधान गर्नमा भूमिका खेल्ने बताए । तर पार्टीभित्रको समस्या भन्दा ठूलो देश र जनताको समस्या समाधान गर्नु पहिलो प्राथमिकता रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्