Logo

संविधान संशोधन नभए सरकारबाट बाहिरिन्छौँ : सहअध्यक्ष श्रेष्ठ (भिडियोसहित)



वैशाख २७, काठमाण्डौ । समाजवादी पार्टीका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले तत्काल सरकारबाट बाहिरिने योजना नरहेको स्पष्ट पारेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले पार्टी एकता नहुँदा डा. बाबुराम भट्टराईले जे भने पनि एकतापछि सबैका धारणा एउटै भएको बताए ।

आफूहरुको मूख्य एजेण्डा अहिले संविधान संशोधन नै रहेको श्रेष्ठले स्पष्ट पारे । संविधान संशोधन प्रक्रियाको थालनीका लागि सरकारसँग कुरा भने सुरु गर्ने बताए । यसमा सरकार तयार नभएको खण्डमा भने सरकारबाट बाहिरिन सक्ने उनले बताए ।

श्रेष्ठले भनेका छन्, ‘आफूहरु सरकारबाट अहिले नै बाहिरिने नभइ संविधान संशोधनका लागि नेकपासंग वार्ता हुने र त्यो सफल नभए बाहिरिन सक्छौं ।’

यसअघि गरिएको सहमति सम्झदै नेता श्रेष्ठले भने, ‘प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन गर्छु भनेर हस्ताक्षर गरेको एक वर्ष हुन लागेको छ । उहाँले संशोधन गर्नु भएन भने उहाँ धोकेबाज निस्कनु हुन्छ ।’

श्रेष्ठले स्पष्ट पार्दै भने, ‘हाम्रो सहमति अनुसार संविधान संशोधन गर्ने बेला आयो । संसदको यही सेसनमै सरकारले संविधान संशोधन गरेन भने हामी सरकारबाट बाहिरिन्छौं ।’

पार्टी्भित्र कुनै द्धन्द्ध नभएको भन्दै नेता श्रेष्ठले नयाँ पार्टीमा जो आएका छैनन् उनीहरुको कुरा बेग्लै भएको बताए ।

पार्टीभित्र भागबण्डा केही नभएको भन्दै उनले डा बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईको भागबण्डामा पार्टी नलागेको स्पष्ट पारे ।

तर यादव भने पर्ख र हेरको अवस्थामा रहेको बताउँदै आएका छन् । नेता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र आफूहरुको ‘वाद’ नै फरक रहेको भन्दै कुनै पनि हालतमा एकता नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot