Logo

‘शिक्षा क्षेत्र नै धरासायी भयो’



रितुराज सापकोटा, अध्यक्ष– एन प्याप्सन : शिक्षा क्षेत्र झन् व्यवस्थित र प्रभावकारी हुने बेलामा धरासायी हुने देखिएको छ । सरकारी तवरबाट विद्यालय शिक्षामा गर्नुपर्ने सुधारका कुरा भएको छैन । जे आवश्यक छैन त्यही भइरहेको छ । ८० प्रतिशत जनताका छोराछोरी पढ्ने विद्यालयको अवस्था नाजुक छ । यसमा सरकारको ध्यान दिएको छैन ।

त्यस्तै, निजी विद्यालयलाई नियममा कस्नको लागि पनि सरकारले गरेको क्रियाकलाप ठिक छैनन । विद्यालय शिक्षामा हामीले भर्नामात्रै गरेर चित्त बुझाएको स्थिति देखिएको छ । सुरकारले यसलाई व्यवस्थित र थप गुणस्ूतर बनाएर लगेको देखिएको छैन । सरकार बढी महत्वकांक्षी भएर काम गरेको देखिएको छ । सरकारले जिम्मेवारी नलिँदा शिक्षा क्षेत्रमा विकृति बढेको छ । तलब र जिम्मेवारी तोकिदिएको छ तर सरकारी शिक्षकले त्यति चासो दिएर काम गरेको देखिएन । सरकारले अनुगमन गर्न नसक्दाको समस्या यही हो ।

अर्को कुरा, अभिभावकमा पनि जिम्मेवारीपना छैन । सरकारलाई झक्झक्याउन सकिरहेका छैनन । त्यसैले विद्यालय शिक्षा सुधार गर्नका लागि सबैले चासो दिनुपर्छ । सबैको सहभागिताबिना देश समृद्ध बनाउने सपना सपनामै सिमित रहन्छ ।

निजी शिक्षाको कुरा गर्दा अहिले जति शुल्क असुलेपनि सरकारले त्यसलाई छुट दिइरहेको देखिन्छ । आवश्यक कानुन निर्माण अझै बनिसकेको छैन । नीति नियम नै ठिक छैन र बनेको कानुनको परिपालना भएको छैन भने त्यसको कुनै अर्थ छैन ।



प्रतिक्रिया दिनुहोस्