Logo

निर्मल लामाको १९ औं स्मृति दिवस : कहाँ-कहाँ कति भ्रष्टाचार छ ? भन्ने लिष्ट नै सार्वजनिक गर्ने



काठमाडौं, २७ बैशाख । कमरेड निर्मला लामाको १९ औं स्मृति दिवस मनाईएको छ । शुक्रबार काठमाडौंस्थित् प्रज्ञा प्रतिष्ठानमा तथा निर्मला लामा र भ्रष्टाचारविरोधी कार्यक्रमको

कार्यक्रममा नेकपाका नेता लिलामणि पोखरेलले मुलुकमा पछिल्लो समय नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाए । उनले भने,‘जो यो समाज र देशको नेतृत्व तहमा पुगेका छन्, उनीहरु नै भ्रष्टाचारमा संलग्न भईदिँदा भ्रष्टाचार बढिरहेको छ ।’

आफ्नो पार्टीले भनेबमोमिज समाजवादको लक्ष्यतर्फ अघि बढ्ने हो भने पहिला भ्रष्टाचारलाई रोक्नुपर्नेमा जोड दिए । त्यस्तै, उनले निर्मला लामा प्रतिष्ठानले सिँगो मुलुकभरि कहाँ–कहाँ कति भ्रष्टाचार छ ? भनेर लिष्ट नै सार्वजनिक गर्नेपनि जानकारी दिए । त्यस्तै, देशभरि नै भ्रष्टाचारविरोधी जागरण अभियान चलाउनेपनि उनले स्पष्ट पारे । उनले थपे,‘अबको क्रान्ति सामाजिक विकृति र विसंगतिको विरुद्धमा हुनुपर्छ ।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्