Logo

चर्चित सञ्चारकर्मी सुरज श्रेष्ठको निधन



काठमाडौं, २८ बैशाख । संचारकर्मी तथा गायककार सुरज श्रेष्ठको निधन भएको छ । उनको शनिबार बिहान निधन भएको हो । दुई दशकदेखि गीत संगितमा साधना गर्दै आएका श्रेष्ठ पछिल्लो समय इमेज एफएममा कार्यरत रहेका थिए ।

पछिल्लो समयमा म्युजिक भिडियोमार्फत नयाँ-नयाँ प्रयोग गर्दै आएका उनले म्युजिक भिडियोको क्षेत्रमा आफ्नै स्थान बनाएका थिए । उनले रेडियोकर्मी, भिडियो निर्देशकलगायत विभिन्न क्षेत्रमा रही काम गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्