Logo

प्रधानमन्त्रीले बोलेको भाषा अमर्यादित भयो भनेर संसदको रेकर्डबाट हटाउनुपर्ने दिन आयो : शर्मा



काठमाडौं, २८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको शब्द सभामुखको निर्देशनबाट अमर्यादित भयो भनेर नेपालको संसदीय ईतिहासमा पहिलो पटक हटाउनु परेको भन्दै दुःख व्यक्त गरेका छन् ।

शनिबार झापा क्षेत्र नं. १ काठमाडौं सम्पर्क समितिले नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभिया अन्तर्गत सम्मान तथा अन्तर्किया कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो भनेका हुन् । उनले भने,‘हुँदाहुँदै प्रधानमन्त्रीजीको जुन प्रकारको शैली छ, अलिक बिग्रेको, बिग्रेको फोटोकपी शैलीमा, अरुले पनि त्यही खालको बोलिदिन थाले । एकजना मन्त्रीजीले बोल्दा, मैले नाम बिर्सिएँ ।’

तस्विर : मुकुन्द कालिकोटे /ReportersNepal



प्रतिक्रिया दिनुहोस्