Logo

संसद सञ्चालनबारे त्रुटि देखिएको नेम्बाङको ठम्याई, सच्याएर अघि बढ्नुपर्ने



काठमाडौं, २९ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले संसद सञ्चालनमा देखिएका त्रुटीहरु सच्याएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेम्वाङले जीवन्त संसदको लागि हुने गरेका टिप्पणीहरु स्वभाविक भएको बताए । सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उठेका केही कुरा अस्वाभाविक भएको नेम्वाङको बुझाइ छ ।

सभामुख कुनै एक दलको नभएर सबैको साझा भएकाले पछिल्लो समय उठेका कुराहरु ध्यानमा राखेर सभामुख कृष्णबहादुर महरा अघि बढ्नुपर्ने नेम्वाङको सुझाव छ । संसदमा राम्रा नराम्रा दुबै खाले अनुभवहरु हुने स्वीकार्दै नेम्वाङले राम्रा नजिरहरुलाई मात्रै आत्मसाथ गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्