Logo

नेपाल मेडिसिटीले विरामी र नर्सहरुको सुरक्षामा काम गर्ने



अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवश भब्य रुपमा मनाईदै 

ललितपुर, २९ बैशाख । नेपाल मेडिसिटी अस्पतालले विरामीहरुको उपचारजन्य सुरक्षा, नर्सहरुको पेशागत तथा वृद्धिवकासका लागि सुरक्षाका कार्यक्रमहरुको घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाउने क्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकारी सुधाकर जयरामले नेपाल मेडिसिटी अस्पतालले विरामी, नर्स तथा सम्पूर्ण कर्मचारीहरुको सुरक्षामा विशेष ध्यान दिएको बताए ।

अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाउने क्रममा आज विहान अस्पतालका अध्यक्ष डा.उपेन्द्र महतोसहित सयौं नर्सहरु नेपाल मेडिसिटी अस्पतालदेखि पाटन दरबार स्क्वायरसम्म वाकाथनमा सहभागी भई “नर्सहरुको आवाज सबैका लागि स्वास्थ्य” नारालाई सार्थक बनाउन लागि परेका छन् ।

पाटन दरबार स्क्वायरमा नर्सहरुले संक्रमण र हात धुने तरिकाबारे नाटकसमेत प्रस्तुत गरेको अस्पतालले जनाएको छ । आजै अस्पतालमा भएको औपचारिक कार्यक्रममा अस्पतालका अध्यक्ष डा. महतोले नर्सहरुले सत्विचार र सत्कर्ममा ध्यान दिई विरामीहरुको सेवामा लाग्नुपर्ने धारणा राखेका थिए ।

त्यस्तै, अस्पतालका प्रमुख कार्यकारी अधिकारी सुधाकर जयरामले यस वर्ष नेपाल मेडिसिटी अस्पतालले विरामी, नर्स तथा सबै स्टाफहरुको सुरक्षामा विशेष ध्यान दिने विश्वास दिलाएका थिए ।

कार्यक्रममा अस्पतालका ओटी, गाईनो तथा इमरजेन्सीका नर्सहरुले विभिन्न गितहरुमा नृत्यसमेत प्रस्तुत गरेका थिए । नेपाल मेडिसिटी अस्पतालमा साताब्यापी कार्यत्रमका क्रममा अन्तर हाजिरी जवाफ प्रतियोगितासहित कार्यशाला गोष्ठीको समेत आयोजना गरिएको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot