Logo

जनकपुरलाई विश्वसामू चिनाउनुपर्छ : प्रचण्ड



काठमाडौं, ३० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक रुपान्तरणको लागि धार्मिक, आध्यात्मिक र सांस्कृतिक चिन्तन महत्वपूर्ण रहेको बताएका छन् ।

राष्ट्रिय बिभूति सीता जयन्ती मनाउन आज नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष दाहालले सांस्कृतिक सम्पदाको प्रवर्द्धन र विकासबाट सामाजिक रुपान्तरणमा सहयोग पुग्ने बताए । सीता आदर्श नारी भएको उल्लेख गर्दै उनले सीतासँगै जोडिएको जनकपुरलाई विश्वसामू चिनाउनु पर्ने आवश्यकता औंल्याए ।

नेपाली समाजमा मात्र नभई अन्तर्रा्ष्ट्रिय जगतमासमेत सीताको आदर्शको महत्व रहेको उनको भनाइ थियो । दाहालले मर्यादा पुरुष राम र आदर्श नारी सीताको बारेमा समान धारणा राखेर अगाडि बढ्नु पर्नेमा जोड दिए । दाहालले राम र सीताको भूमिकालाई जनकपुरमा मात्र सीमित राख्न नहुने बताए । आफू क्रान्तिकारी पार्टीको नेता भएको प्रसंग उल्लेख गर्दै दाहालले शान्तिबाट मात्र परिवर्तन सम्भव हुने बताए । राष्ट्रिय बिभूति सीताको सम्झनामा नेपालमा पहिलो पटक जन्मजयन्ती मनाईएको हो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्