Logo

त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता



काठमाडौं, ३० बैशाख । त्रिभुवन विश्वविद्यालय र भारतको हरियाणामा रहेको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता भएको छ ।
सोमबार विहान किर्तीपुरमा अवस्थित् त्रिविका उपकुलपतिको कार्यालयमा ओम स्टर्लिङ विश्वविद्यालयका भाईस चान्सलर प्रा.डा. देवेन्द्र पाठक र त्रिवि उपकुलपति प्रा.तिर्थराज खनियाँबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताको मुख्य उद्देश्य भनेको नै द्धिपक्षीय शैक्षिक सम्बन्धलाई बढावा दिने र सहकार्य गर्ने रहेको सम्झौतामा उल्लेख गरिएको छ । सम्झौताअनुसार शैक्षिक कार्यक्रमहरु आदान–प्रदान गर्ने, द्धिपक्षीय अनुशन्धानका कामहरु अघि बढाउने, विद्यार्थीहरु आदान प्रदान गर्ने, विभिन्न सेमिनार तथा एकेडेमिक बैठकहरुमा सहभागी हुने, शैक्षिक सामाग्रीहरु आदान प्रदान गर्ने र त्यस्तै द्धिपक्षीय लाभका आधारमा गतिविधिहरु अघि बढाउनेलगायत रहेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot