Logo

ओली फर्किएपछि उपेन्द्रले सरकार छोड्ने !



काठमाडौं, ३० बैशाख । सत्तारुढ दल समाजवादी पार्टी, नेपाल सरकार छोड्नेगरि आन्तरिक छलफलमा जुटेको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, पार्टीसँग एकता भएलगत्तै समाजवादी पार्टीलाई सरकार छोड्न दबाब आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला भियतनाम र कम्बोडियाको विदेश भ्रमणमा छन् । संविधान संशोधनलगायत पार्टीले उठाएका मुख्य मागहरु तत्काल सम्बोधन गर्नेगरि कदम नचाले अब सरकारमा नरहने यादवको तयारी छ ।

सरकारबाट कहिले बाहिरिनेलगायतका विषयमा छलफल गर्न आजपनि समाजवादी पार्टी, नेपालको बैठक बसेको छ । स्रोतकाअनुसार आज विहानमात्रै बाबुराम र उपेन्द्रबीच यो विषयमा गम्भिर छलफल भएको छ । प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै सरकारबाट बाहिरिने यादवको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot