Logo

‘मिडिया काउन्सिल विद्येयक फिर्ता लिनुपर्छ’



काठमाडौं, ३१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारसमक्ष आग्रह गरेका छन् । मंगलबार सदनमा बोल्दै खाँणले संविधानको मर्म र भावनाविपरीत ल्याइएको विधेयक फिर्ता लिन माग गरेका हुन् ।

उनले भने,‘संविधानमा प्रेस स्वतन्त्रता सुनिश्चित छ। तर विधेयक बनाउँदा मौलिक अधिकार कुण्ठित गराउने कानुन ल्याउन खोज्ने । सदनमा गत बिहीबार सरकारले दर्ता गरेको मिडिया काउन्सिल विधेयक सरकारले फिर्ता लिनुपर्ने उनले बताए। सरोकारवाला पक्षसँग छलफल र सहमति नगरी विधेयक सदनमा दर्ता गरेको भन्दै कांग्रेसले विधेयक फिर्ता लिन माग गरेको हो।



प्रतिक्रिया दिनुहोस्