काठमाडौं, ३१ बैशाख । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव एक्शनमा उत्रिएका छन् । उनले गुणस्तरहीन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
मन्त्री यादवले गुणस्तरहीत औषधि विक्री वितरण गर्ने औषधि पसलहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् । उनले चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा प्रतिबन्ध लगाउने पनि बताए ।
मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री यादवले चिकित्सकहरुको ‘प्रेसक्रिप्सन’ विना औषधि बिक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरुमा सरकारले कडा निगरानी राख्ने योजना पनि अघि सारे । उपप्रधानमन्त्री यादवले सरकारले सिधैं कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको पनि बताए ।