Logo

मिडिया काउन्सिलसम्बन्धी विद्येयकका गलत प्रावधान हटाउनुपर्छ : ऋषि धमला



काठमाडौं, १ जेठ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मिडिया काउन्सिलसम्बन्धी विद्येयक मिडियाकर्मीहरुको साझा विद्येयक भएकोले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधान हटाउनुपर्नेमा जोड दिएका छन् ।

उनले भने,‘पत्रकारहरुलाई समाचार लेखेकै भरमा जेल हाल्ने र निष्तेज पार्ने खालको विद्येयक आउनुहुँदैन। विद्येयक चाहिन्छ । हामी पनि आचार संहितामा बस्नुपर्छ । तर, पछिल्लो प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्ने प्रयास भयो । यो गलत भयो ।’ बुधबार प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै धमलाले नेपाली मिडियाले लोकतन्त्र ल्याउनको ठूलो योगदान पुर्याएको भन्दै आज प्रेसलाई नै आक्रमण गर्न खोजिनु गलत भएको टिप्पणी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली आएपछि यो विद्येयककारे पूर्नविचार हुनेपनि आफूले विश्वास लिएको धमलाले जनाए । उनले भने,‘विद्येयकलाई लिएर पत्रकारहरु आन्दोलित हुने वातावरण बनाउनुहुँदैन । सरकारले सबैखाले संयन्त्र अपनाएर विद्येयक सच्याउनुपर्छ । सरकारले प्रेससँग सहयात्रा गर्नुको विकल्प छैन ।’

धमलाले नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँगको भेटमा मिडियासम्बन्धी विद्येयक ल्याउँदा छलफल नगरेको संकेत गरेको पनि सुनाए । उनले भने,‘सत्तारुढ दल नेकपाकै अध्यक्ष प्रचण्डले यस्तो विद्येयक नल्याएको भए हुन्थ्यो भन्ने संकेत गर्नुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्