Logo

नेकपाले पोलिटब्यूरो र जनवर्गीय सङ्गठन टुङ्गो लगायो, कसले के नेतृत्व पाए ? (नामसहित)



काठमाडौं, २ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लामो झण्डै एक वर्षपछि पार्टी पोलिटब्युरो सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले १४७ सदस्यीय पोलिटब्युरो सदस्यको टुङ्गो लगाएको हो ।

त्यस्तै, पोलिटब्युरो सदस्यमा पार्टी सचिवालय र स्थायी कमिटी सदस्य स्वतः पर्ने गरी बनाइएको छ । बैठकले सबै जनवर्गीय सङ्गठनको एकतासमेत टुङ्गाएको छ । गत वर्ष जेठ ३ गते नेकपा(एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ ।

एकीकरणपछि विद्यार्थी संगठनमा ऐन महर संयोजक भएका छन्। सह-संयोजक भने अनेरास्ववियू क्रान्तिकारीका रञ्जित तामाङ भएका छन्।युवा संगठनको अध्यक्षमा रामप्रसाद सापकोटा दिपशिखाु संयोजक तोकिएका छन्। युवा संघका अध्यक्ष रमेश पौडेल सह-संयोजक तोकिएका छन्। त्यस्तै, महिला भातृ संगठनको संयोजक अमृता थापा भएकी छिन्। सीता पौडेल सह-संयोजक भएकी छिन्।

मजदूर संगठनको संयोजक विनोद श्रेष्ठ चयन भएका छन्। सह-संयोजकमा जगत सिम्खडा चुनिएका छन्। त्यस्तै, पत्रकारतर्फको भातृ संगठनको नेतृत्व प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल संयोजक तोकिएका छन्। गणेश बस्नेत सह-संयोजक भएका छन्।

बुद्धिजिवी संगठनमा दिनेशचन्द्र देवकोटा संयोजक चुनिएका छन्। सह-संयोजक तोकिएका कृष्ण केसी। पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक भएका छन्। ईश्वरी भण्डारी सह-संयोजक तोकिएका छन्। जनसाँस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक तोकिएका छन्। सहसंयोजकमा सरल सहयात्री चयन भएका छन्।

मुस्लिम संगठनको संयोजक सिराज महम्मद फारुकी चयन भएका छन् भने अत्तहर हुसेन फारुकी सहसंयोजक बनेका छन्। दलित संगठनको संयोजक तिलक परियार चयन भएका छन्। सह-संयोजक ओमबहादुर विश्वकर्मा भएका छन्।

निर्माण व्यवसायी संगठनमा यज्ञध्वज कार्की संयोजक र सह-संयोजकमा शिवप्रसाद चौंलागाईलाई जिम्मेवारी दिइएको छ। आदिवासी जनजाति महासंघमा सुरेश आलेमगरले जिम्मेवारी पाएका छन्। सह-संयोजक शेरबहादुर तमाङ भएका छन्।

त्यस्तै, अपांग संगठनको संयोजक जिम्मेवारीईन्द्रमाया गुरुङले पाएका छन्। सह-संयोजक रामप्रसाद ढुंगाना भएका छन्। खेलकूदतर्फको भातृ संगठनमा पुरुषोत्तम पौडेलले संयोजकको जिम्मेवारी पाएका छन्। सह-संयोजकमा शिव कोइराला छन्। उद्योग व्यवसायी महासंघमा लक्ष्मीदास मानन्धर संयोजक र सह-संयोजक श्याम पाठक भएका छन्। प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी संयोजक र सह-संयोजकमा ईश्वरी भण्डारी चयन भएका छन्।

सुकुम्वासीतर्फको भातृ संगठनमा रामप्रित पासवान संयोजक भएका छन्। सहसंयोजकमा पदम देवकोटा चयन भएका छन्। भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा धनबहादुर चन्द संयोजक तोकिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भियतनाम र कम्बोडियोको भ्रमण सकेर आएपछि आज सचिवालय बैठक बसेको थियो ।

पार्टी एकता भएको अवसरमा नेकपाले शुकबार बिहान ८ बजे तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा मदन भण्डारी स्मृति दिवससहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्