Logo

मदन भण्डारीको हत्यारा को-को हुन् ?, दुर्घट्नाअघि सँगै रहेका कट्टेलको नयाँ खुलासा



काठमाडौं, २ जेठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले मदन भण्डारीको दास ढुंगा दुर्घटना नभएर हत्या नै भएको दाबी गरेका छन् । भण्डारीसँग पोखराबाट खैरेनीसँग सँगै यात्रा गरेका कट्टेलले अहिलेसम्म उक्त हत्याकाण्डबारे भण्डारीकी पत्नी वर्तमान राष्टपति विद्यादेवी भण्डारी र स्वर्गीय भण्डारीका नजिकका साथी भनिएका वर्तमान प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले कुनै चासो नदिँदा आफूलाई दुःख लागेको बताएका छन् ।

बिहीबार राति प्राइम टाइम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष कट्टेलले यस्तो बताएका हुन् । स्वर्गीय भण्डारीलाई उनको पार्टीका नेताहरुले जननेता भनेपनि आफू त्यो मान्ने पक्षमा नभएको पनि कट्टेलले जिकिर गरे ।

फरक प्रसँगमा उनले नेपाल कम्युनिष्ट पार्टी आफ्नो भएको भन्दै ओली र प्रचण्डले नेतृत्व गरेको पार्टी सरकारी कम्युनिष्ट पार्टी भएको पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot