काठमाडौं, ३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै पार्टीको बाँकी एकता टुँगो लगाएर देशव्यापी दौडाहामा निस्किने बताएका छन् । उनले जनतासँग जोडिनेगरि नयाँ अभियानको थालनी गर्नेपनि विश्वास दिलाए ।
२६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जिल्ला अधिवेशनदेखि केन्द्रिय महाधिवेशनसम्म गरेर पार्टीलाई अझै सुदृढ बनाउने घोषणा गरे ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम