Logo

नेकपा सचिवालय बैठक भोलि, पोलिटव्युरोको नाम घोषणा गर्ने र केन्द्रिय सदस्यहरुलाई जिम्मेवारी दिने



काठमाडौं, ४ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बस्दैछ । भोलि बस्ने बैठकले पोलिटव्यूरो सदस्यहरुको टुँगो लगाउने भएको छ । त्यस्तै, केन्द्रिय सदस्यहरुलाई समेत जिम्मेवारी तोक्ने तयारी भएको नेकपाका एक नेताले जानकारी दिए ।

स्रोतकाअनुसार पोलिटव्यूरो सदस्यहरुको नाम तय गर्नको लागि अध्यक्षद्धय केपी शमा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएको थियो । त्यस्तै, केन्द्रिय सदस्यहरुलाई कुन जिम्मेवारी दिने भन्नेबारे पनि अध्यक्षद्धयबीच भद्र सहमति भएको छ।



प्रतिक्रिया दिनुहोस्